१३ बैशाख २०८१, बिहिबार
Header

भारतीय विदेश सचिव गोखले नेपाल आउने


प्रकाशित: शुक्रवार, ८ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतीय विदेश सविच विजय केशव गोखले नेपाल आउने भएको छ । 


विदेश सचिव गोखले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो भ्रमण तालिका अनुसार  मार्च २८ अर्थात चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेको अधिकारीहरुले बताएका छन । 


चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको लागि आउन लागेको उनको भ्रमणमा नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन ।


नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD