काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणी उप्रेती ‘गोरे’ पक्राउपरेपछि ‘गोरे’ दिएको प्रारम्भिक बयानमा सुन तस्करीमा भारतीय लागानी कर्ताहरु पनि रहेको खुलेको छ ।
सुन हराएपछि ‘गोरे’ लाई हराएको सुन जसरी भएपनि खोज्न भारतीय लगानीकर्ताहरुको चर्को दवाव पर्न थालेपछि जीवन रक्षाको लागि उनले नेपाल प्रहरी समक्ष आत्मसमर्पणको लािग पहल गरेको बताएको छ ।
काठमाडौंको गौरीघाट ‘गोर’ लाई पक्राउ गरेको भनी मंगलाबर पत्रकार सम्मेलन गरी छानविन समितिले जानकारी दिएपनि ‘गोरे’ ले आफान्तहरुको च्यानलबाट पक्राउको तयारी गर्न लगाई भारतबाट स्थलमार्गहुँदै काठमाडौ छिरेका थिए ।
आफन्तहरुको सुचनाको आधारमा ‘गोरे’ पक्राउ परेको थियो ।
गोरेलाई भारतीय लगाकर्ताको डर
समितिलाई ‘गोरे’ दिएको बयान अनुसार हराएको सुनमा आफ्नो लगानी नभएको बताएका छन् । ३३ केजी सुनमा सुनसरी धरान घर भएका हाल काठमाडौ अनामनगर बस्ने फरार एमके भनिने मोहन अग्रवाल र अन्य भारतीयहरुको लगानी रहेको वताएका छन् ।
त्यसैगरी उनले समितिलाई सुन तस्करीमा प्रहरी संलग्नताबारे सबै कुरा फरार एसएसपी श्याम खत्री र पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई थाहा भएको बताएका छन् ।
सनम शाक्यको हत्यालगत्तै भारत छिरेका ‘गोरे’ को नेपाल प्रहरीले ब्यापक खोजीमा रहेको थियो भने भारतीय लगानीकर्ताहरुले हराएको सुन नलाए ज्यान मार्ने धम्की दिन थालेपछि डरले ‘गोरे’ नेपाल प्रहरी समक्ष आत्मसर्पण गर्ने सोच बनाएका थिए । यसका लािग उनले मानवअधिकारर्मीहरुलाई समेत गुहारेका थिए ।
Categorized in राष्ट्रिय