१२ बैशाख २०८१, बुधबार
Header

भारतले लगायो प्याजमा प्रतिबन्ध, नेपाली बजार प्रभावित


प्रकाशित: आईतवार, १२ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । 


भारत सरकारको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि यसबाट नेपाली बजार पनि प्रभावित हुने भएकोक छ । 


भारतीय सञ्चारमाध्यम अनुसार भारतमै प्याजको मूल्य प्रतिकिलो ८० रुपियाँ पुगेपछि निर्यातमा प्रतिबन्ध गरेको भारत सरकारका प्रवक्ता सितांशु केरले बताएका छन । 


आइतबार मात्र कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।


प्याज प्रतिबन्धको असर बजारमा देखिन थालेको व्यवसायीहरु बताउँछन । 


नेपालले चालू आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार २७८ किलो प्याजका विभिन्न आइटम तथा १ लाख ६३ हजार १३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD