काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यावा दिदै भने,‘ अहिलेको यस्तो जटिल अवस्थामा नेपाललाई भ्याक्सिन अनुदान दिएको छ ।’
बिहीबार बिहान ११ः५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा भ्याक्सिन आईपुगेको हो । भारतले बुधबारदेखि छिमेकी देशहरूमा अनुदानमा कोरोना भ्याक्सिन दिन थालेको छ ।
खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ ।
खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन । नेपाल सरकारले अक्सफोर्ड–अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
Categorized in स्वास्थ्य