१३ बैशाख २०८१, बिहिबार
Header

भारतमा हेलिकप्टर दुर्घट्नामा रक्षा प्रमुख विपिन रावतसहित १३ जनाको मृत्यु


प्रकाशित: बुधवार, २२ मंसिर २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा रक्षा प्रमुख ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । 


बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको थियो ।


दुर्घट्नमा रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत बताएको छ । 


रावत यस अघि भारतीय स्थल सेनाको प्रमुख थिए । तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण जंगलमा दुर्घटना भएलगत्तै हेलिकप्टरमा आगो लागेको थियो ।


दुर्घटनाग्रस्त हेलिकप्टरमा ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए । त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्‍स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD