३ भाद्र २०८३, बुधबार
Header

भारतमा सात महिनादेखि बन्धक ९ महिलाको उद्दार


प्रकाशित: आईतबार, १५ पुष २०७५, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा बन्धक ९ नेपाली महिनाको उद्दार गरिएको छ । 


केआई नेपालको प्रयासमा महिनौदेखि बन्धक महिलाहरुको उद्दार गरिएको हो । उनीहरुलाई कपिलबस्तुकको कृष्णनगर नाकाबाट उनीहरुलाई नेपाल फकाईएको हो । 


बन्धक महिलाहरु रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका लगायतका थिए । 


उनीहरुलाईवैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक थियो ।  खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्ली पुराएर होटलमा बन्धक बनाइएको थियो । 


केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ । 


मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex