४ भाद्र २०८३, बिहिबार
Header

भारतमा लोकप्रिय हुन थाले दिपक बज्राचार्य


प्रकाशित: २०७५ कार्तिक १२ सोमबार
- करुण

गायक दिपक बज्राचार्यको लोकप्रिय गीत मनमगन हिन्दी भर्सन ‘मनका मगन’ले भारतको बजार पनि पिट्न थालेको छ । गायक बज्राचार्यको मनका मगन गीत अचेल भारतीय बजारमा पनि लोकप्रिय हुन थालेको छ ।
 

मनका मगनको लोकप्रियताका साथमा यसको चर्चा भारतीय संचारमाध्यममा समेत हुन थालेको छ । अचेल विभिन्न भारतीय पत्रपत्रिका र न्यूज पोर्टलमा दिपक र मनका मगनको चर्चा भइरहेको छ ।
 

भारतीय पत्रिका विधान केशरी, हिंदमाता मिरर, फिल्मि पत्रिका लगायतले मनका मगन गीतमा माटोको सुगन्ध भएको बताउँदै दिपकलाई नेपाली संगीत सम्राटको उपाधी समेत दिए । यसैगरी मुभिटाकिज न्यूज पोर्टलले त दिपकलाई नेपाली किशोर कुमारको उपाधी समेत दिए । 
 

अहिले भारतका विभिन्न राज्यमा मनका मगनको ठुलठुला होर्डिङ बोर्ड पनि ठडिएका छन् ।

 


 

दिपकको मनमगन हिन्दि भर्सन मनका मगनलाई भारतीय म्यूजिक कम्पनी डिजिट्यूनले भारतीय बजारमा ल्याएको हो । कम्पनीले तिहारलगत्तै मनका मगनको प्रचार प्रसारलाई अझ तीब्र बनाउने बताएको छ ।
 

अहिले भारतीय बजारमा दिपकको चर्चा र डिजिट्यूनको मनका मगनको प्रचार सम्बन्धी योजनलाई हेर्दा दिपकले नेपालमा जस्तै भारतीय बजारमा पनि बेग्लै स्थान बनाउने अनुमान गर्न सकिन्छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex