३० श्रावण २०८३, शनिबार
Header

भारतमा रेल दुर्घट्नाः चार नेपालीको सहित १३ जनाको मृत्यु


प्रकाशित: विहिवार, १० माघ २०८१, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार नेपालीसहित मृत्यु हुनेको संख्या १३ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 


बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको हो । 


मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्मा लगायत रहेका छ ।  


यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।


अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । 


रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

 

23 January 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex