१४ बैशाख २०८१, शुक्रबार
Header

भारतमा मास्क नलगाउनेलाई २ हजार जरिवाना !


प्रकाशित: विहिवार, ४ मंसिर २०७७, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । भारतको दिल्लीमा सरकारलेसार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने भएको छ ।


दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन उक्त नियम लागु गरेको हो ।


बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । बैठकमा उनले संक्रमितको उपचारको लागि अस्पतालमा पर्याप्त बेडहरु भएको पनि बताएका थिए । 


दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ भने सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरेका छन । 


बुधबार दिल्लीमा सात हजार ४८६ नयाँ संक्रमित फेला परेका छन । दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD