४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भारतमा बेचबिखनको लागि बन्धक बनाएका ५ किशोरीको उद्दार, २ जना नियन्त्रणमा


प्रकाशित: सोमबार, २६ कात्तिक २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । नुवाकोटका ५ किशोरीलाई भारत बेचविखनको लागि बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । 


प्रहरीका अनुसार गत शुक्रबार बन्धक बनाइएका किशोरीहरुको प्रहरीले उद्धार गरेको थियो । उनीहरुलाई सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेले बन्धक बनाएको थियो । 


किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पु¥याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो । 


प्रहरीले उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 


प्रहरीका अनुसार घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ । 


कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पु¥याएपछि प्रहरीले उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex