७ बैशाख २०८१, शुक्रबार
Header

भारतमा बालिका बलात्कार गर्नेलाई अब सिधैं मृत्युदण्ड 


प्रकाशित: शनिवार, १४ पुष २०७५, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतमा बालिका तथा किशोरी बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिईने भएको छ । 


भारतीय केन्द्रिय मन्त्रिमण्डलले सो सम्बन्धी गरेको संशोधनलाई शुक्रवार सहमति प्रदान गरेको छ ।  


प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीमण्डल बैठकले पाक्सो एक्ट, २०१२ लाई संसोधन गर्ने तयारी गरेको हो । 


सो संसोधनपछि बालिकाहरुमाथि हुने यौन अपराधमा संग्लनहरुलाई सिधै मृत्युदण्डको सजाय हुनेछ । 


त्यसैगरी, कलिलै उमेरका बालिकालाई यौनको लागि परिपक्व बनाउन प्रयोग गरिने हर्मोन र रसायनिक पदार्थको दोषीहरुलाई पनि कानुनी दायारमा ल्याउने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD