१४ बैशाख २०८१, शुक्रबार
Header

भारतमा पहिलो पल्ट कोरोना भाईरसबाट एकको मृत्यु


प्रकाशित: शुक्रवार, ३० फागुन २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतमा पहिलो पल्ट कोरोना भाईरसबाट एक जनाको मृत्यु भएको छ । 


भारत कर्नाटक कालाबुगगलीका ७६ बर्षिय एक पुरुषको मंगलवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ । 


कोनोमिक टाइम्सुका अनुसार ती बृद्ध व्यक्तिको मृत्यु भएपछि रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा सुरेश शास्त्रीले बिहीबार जानकारी दिएका हुन । 


चिकित्सक शास्त्रीले उनलाई कोभिड– १९ भएको पुष्टि गर्दैै  उनको सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने, आइसोलेसनमा राख्ने लगायत काम भइरहेको जनाएको छ । 


तेलांगना सरकारले पनि उनमा कोरोना भएको पुष्टि गरेको छ । कर्नाटकका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले मृतक व्यक्ति हालै साउदी अरेबियाबाट फर्केको बताएका छन । 


कोरोनाका कारण मृत्यु पुष्टि भएको भारतमा यो पहिलो घटना हो ।  यो बाहेक कर्नाटकमा पाँच जना संक्रमित भेटिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD