११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भारतमा नेपाली भाषासहित ९ भाषामा संविधानको अनुवाद


प्रकाशित: बुधवार, १० मंसिर २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतले आज ७६औं संविधान दिवस मनाउँदै ९ विभिन्न भाषामा संविधानको अनुवाद एकैसाथ सार्वजनिक गरेको छ । 


नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले अनुवादित संस्करणहरू सार्वजनिक गरेकी हुन । 


राष्ट्रपति मुर्मुको अनुसार संविधानको नयाँ अनुवाद नेपालीसहित मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा जारी गरिएको छ । 


यी भाषामा जारी गरिएको संस्करणले भाषिक विविधता र समावेशितालाई थप बलियो बनाउने उनको भनाइ थियो । 


समारोहमा पञ्जाबी भाषाको संविधान संस्करण ५० वर्षपछि पहिलोपटक अद्यावधिक अनुवादसहित सार्वजनिक गरिएको उल्लेख गरियो । 


त्यस्तै, बोडो र कश्मिरी भाषामा भने इतिहासमै पहिलोपटक संविधान समावेश गरिएको भारतीय गृह मन्त्रालयले जनाएको छ ।


भारतले प्रत्येक वर्ष नोभेम्बर २६ लाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex