१६ चैत्र २०८०, शुक्रबार
Header

भारतमा दुई साता लकडाउन थपियो, ग्रीन जोनमा खुकुलो हुने


प्रकाशित: शुक्रवार, १९ बैशाख २०७७, १९ः३० बजे 
- महानगरखबर

काठमाडौं । भारत सरकारले दुई साता लक डाउन थप्ने निर्णय गरेको छ । 


भारतको गृहमन्त्रालयले मे १७ सम्म अर्थात जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भारतमा लगातार लकडाउन लम्ब्याउने कार्यलाई सरकारले निरन्तरता दिईरहेको छ । 


यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा लकडाउन पूर्ण रुपमा कडा हुने जनाएको छ । 


त्यसैगरी ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । 


भारतको दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।


भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा कोरोना भाईरस देखिएकोमा अहिलेसम्मा एक हजार १५२ ले ज्यान गुमाएको छ ।


९ हजार जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD