२६ बैशाख २०८१, बुधबार
Header

भारतमा आम निर्वाचनको घोषणा


प्रकाशित: शनिवार, ३ चैत्र २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । भारतीय केन्द्रीय निर्वाचन आयोगले भारतमा आम निर्वाचन (लोकसभा) को घोषणा गरेको छ । 


आयोगले शनिबार गरेको घोषणा अनुसार २० मार्चबाट निर्वाचन प्रक्रिया सुरु हुने जनाएको छ । 


आयोगले १८ औँ लोकसभा चुनावको मिति घोषणा गरेको हो । सात चरणमा सम्पन्न हुने चुनावको पहिलो चरणको मतदान १९ अप्रिलमा सुरु हुनेछ र यो क्रम १ जुनसम्म चल्नेछ ।


आयोगका अनुसार ४ जुनमा मतगणना हुनेछ । आयोगका अनुसार आम निर्वाचनसँगै तीन चरणमा विधानसभाका २६ सिटमा उपचुनाव पनि हुनेछ ।


निर्वाचनमा ५५ लाख इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गरिने भएको छ । भारतको १७ औं लोकसभाको कार्यकाल आगामी १६ जुन २०२४ मा पूरा हँदैछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD