२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतमा आतंकारी हमलमा परी सन्दीप न्यौपानले गुमाए ज्यान


प्रकाशित: बुधवार, १० बैशाख २०८२, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । भारतको जम्मू–कश्मीरमा २७ जनाको ज्यान जानेगरी मंगलबार भएको आतंकवादी हमलामा एक नेपाली युवकले पनि ज्यान गुमाएको छ ।


गृहमन्त्री रमेश लेखकका अनुसार भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सन्दीप न्यौपानेको मृत्यु भएको हो । 


रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपाने रहेको स्थानीय जनप्रतिनिधि र रूपन्देही प्रहरीले पनि पुष्टि गरेको छ ।


नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमा–बुबा र दिदीसँग घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले बताएका छन । 


जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।


मंगलबार चार/पाँच जनाको समूहमा आएका आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । 


सरकारले उक्त घट्नाको गरे कडा निन्दा


प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन । 


प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गरेका हुन्।


ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ।’


उनले थपेका छन्,‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ। पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex