८ बैशाख २०८१, शनिबार
Header

भारतद्वारा दाउद इब्राहिमसहित ४ जना आतंकारी घोषित


प्रकाशित: विहिवार, १९ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतले अन्डरवल्र्ड डन दाउद इब्राहि र लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइदसहित ४ जनालाई आतंकारी घोषित गरेका छन । 


आतंकारी घोषित हुनेहरुमा जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी रहेका छन । 


भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भारतको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको जनाएको छ ।

 
संयुक्त राष्ट्रसंघले यसअघि नै जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिसकेको थियो । मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । 


यसैगरी लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।


भारतको सार्वाधिक खोजीमा रहेको दाउद पाकिस्तानको कराँचीमा रहेको बताएपनि पाकिस्तानले अस्विकार गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD