२ भाद्र २०८३, मंगलबार
Header

भारतको मणिपुरबाट उद्धार गरिएको १७९ नेपालीलाई काठमाडौं ल्याईदै


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, ०८ः०५ बजे
- महानगरखबर

काठमाडौं । माईती नेपालको पहलमा भारतको मणिपुरबाट १७९ नेपालीको उद्धार गरिएको छ । 


मानव बेचबिखनको जोखिममा परेका उनीहरुलाई उद्धारपछि नेपाल फकाईदिैछ । 


नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका थिए । 


झपा भद्रपुर माईती नेपालका अध्यक्ष विश्वराम खड्का अनुसार उनीहरुलाई मणिपुरबाट म्यान्मा हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको हो । 


उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष रहेका छन ।  उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताए । 


प्रजिअ दाहालका अनुसार उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा ल्याईने भएको छ । 


उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex