काठमाठौं । भारतको तामिलनाडुमा विहिवार भएको बस दुर्घट्नामा ६ जना नेपालाीको मृत्यु भएको छ ।
२५ जना नेपालीहरू चढेको पर्यटक बस भारतको दक्षिणी राज्य तमिलनाडु बिहीबार अर्को बससँग ठोक्किएको थियो ।
प्रदेश १ स्थित सुनसरी दुहवीबाट गएको उक्त बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार राति १ बजेतिर बसका ड्राइभरले बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो ।
घट्नाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय