२० बैशाख २०८१, बिहिबार
Header

भारतको उत्तराखण्डमा हिमपात, ५० जनाको शव भेटियो


प्रकाशित: सोमवार, ३ फागुन २०७७, १०ः२५ बजे
- महानगरखवर

काठमाडौं । भारतको उत्तराखण्डमा आएको भारी हिमपहिरोको कारण बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ ।


भेटिएका २५ जनाको शव पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले बता्एका छन । ती शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अंग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन । 


चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अंगहरू भेटिएका हन । उक्त हिमपहिरोमा नेपालीहरु छैनन । गत सोमबार चमोली प्रहरीले बेपत्ता भएकाहरुको सूची सार्वजनिक गरेको थियो, जसमा ११ जना नेपालीहरुको नाम छ । उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन ।

 
हिमपहिरोका कारण झण्डै १५० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर हुन । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको थियो । मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, विहार, झारखण्डका रहेका छन । 


राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन । भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको पाइएको छ ।


विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरो बढी नै जान थालेको विज्ञले औंल्याएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD