काठमाडौं । दलालहरुको चंगुलमा परि तेश्रो मुलुकको लागि अबैध बाटौबाट लग्न खोजिएका बर्दिया जिल्लाको १ सय ५० नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक बनाईएको छ ।
बर्दिया जिल्ला मधुवन नगरपालिकाको एक बन्धक महिलाले आफ्ना श्रीमानलाई उद्धारको लागि फोन गरेको जानकारी स्थानीय प्रहरीलाई दिएपछि सो घट्ना सार्वजनिक भएको छ ।
बनारासको अज्ञात स्थानमा उनीहरुलाई बन्धक बनाएको बर्दियका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुको उद्दारका लागि माइती नेपाल लगायतका संस्थासँग समन्वय गरिएको जानकारी दिएका छन् ।
Categorized in समाज