८ जेठ २०८१, मंगलबार
Header

भारतको अमृतसरमा ‘दशहरा’ मेलाको भीडमा रेलले किच्दा ७० जनाको मृत्यु


प्रकाशित: शनिवार, ३ कात्तिक २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको अमृतसरमा ‘दशहरा’ मनाईरहेको मानिसको भीडमा शुक्रवार बेलुका रेल छिरेपछि ७० जनाको मृत्यु भएको छ भने १५० जना भन्दा बढि घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 


अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो । लिक छेउमै पुत्ला जलाउँदै गरेका स्थानीयको भीडले रेल आइरहेको नदेखेको बताइएको छ ।


मृत्यु हुनेहरुमा बढिजसो बुढाबुढी, बालवालिका, महिला रहेका छन् । उनीहरुमध्ये केही भागदौडमा किचिएर पनि मृत्यु भएको छ । 


‘दशहरा’ मेलामा मनिसहरुको भीड होहल्लाको कारण रेलको आवाज नसुनेको प्रत्यक्षदर्शीहरुले सञ्चारमाध्यमलाई बताएका छन् । 


अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए । हावडा छुटेको रेलको रफ्तार ८५–९० किलोमिटर प्रतिघन्टा थियो । यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ ।


मानिसहरू भीड भएको ठाउँ पार गर्न यो रेललाई पाँच सेकेन्ड पनि लागेको थिएन । अर्को रेलको रफ्तार ६०–६५ किलोमिटर प्रतिघन्टा थियो प्रहरी अधिकारीहरुका अनुासर रावणको पुत्ला जलाइएको थियो ठाउँ सानो भएका कारण धेरै मानिसहरूलाई बस्ने व्यवस्था थिएन । मानिसहरु लिककै छेउछाउ थिए, कोही लिकमै थिए । रेलको ठक्करबाट लाशहरू सयदेखि डेढ सय मिटरसम्म उछिट्टिएका थिए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलमा तुरुन्तै उद्धार र सहयोग गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD