१४ बैशाख २०८१, शुक्रबार
Header

भारतका पूर्व अर्थमन्त्री पी. चिदम्बरम भ्रष्टाचार आरोपमा पक्राउ


प्रकाशित: विहिवार, ५ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी. चदम्बरमलाई सीबीआईको टोलीले बुधवार साँझ भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । 


मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी भित्र्याएर अनियमिता गरेको आरोपमा चीदम्बरलाई पक्राउ गरेको सीबीआईले जनाएो छ । 


फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) मार्फत अनियमितता गरेको आरोप चितम्बरमलाई आरोप रहेको छ । 


सीबीआईको टोलीले पिचदम्बरलाई उनको घरबाटै नियन्त्रण लिएको हो । उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ ।


चीदम्बरमले यस अघि जमानतको लागि दिल्ली हाई कोर्टसम्म याचिका गरेपनि याचिका खारेज भएपछि सीबीआईले पक्राउ गरेको हो । 


सीबीआईको खोजीमा रहेको पूर्व अर्थमन्त्री चीदम्बरमले बुधवार ८ः१५ बजे कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरेपनि पक्राउ गरिएन । 


तर घरबाट ढोका फोडेर उनलाई पक्राउ गरेको कुरा सार्वजनिक भएपछि यसलाई भारतीय मिडियाले ‘हाई फ्रोफाल ड्रमा’को संज्ञा दिएको छ ।


चीदम्बरम घर पुगेको केही मिनेटमै सीबीआईको टोलीले घरको ढोका खोल्न प्रयास गरेपनि नखुलेपछि ढोका फोडेर घर भित्र प्रवेश गरको भिडियो भारतीय मिडियाहरुले देखाईरहेका छन । 


चीदम्बरले भने आफूले त्यस्तो कुनै घोटाला नगरेको भनाई पटक पटक सार्वजनिक गर्दैै आईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD