१४ बैशाख २०८१, शुक्रबार
Header

भायानेटले ल्यायो पर्पल प्याक अफर


प्रकाशित: विहिवार, १९ भाद्र २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक अफर ल्याएको छ । 


यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँग–सँगै एनसेल सिम सित्तैमा पाउने भएका छन ।


उक्त सिम प्रयोग गर्ने ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने भायानेटले जनाएको छ । 


त्यस्तै, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा पनि पाउने छन ।


यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६ सयमा पाउन सक्नेछन । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD