८ बैशाख २०८१, शनिबार
Header

भाद्र ८ गते सामुदायिक सेवा बागबजारले तीज मनाउने


प्रकाशित: मंगलवार, २४ साउन २०७९, १६ः०० बजे
- रचना शाही

कठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, पुरानो बसपार्कले हरितालिका तीज मनाउने भएको छ । 


भाद्र ८ गते बुधवार एक भव्य कार्यक्रम गरी मनाउने तयारी गरेको सामुदायिकका महासचिव कमरुद्धिन मियाँले जानकारी दिए ।


महासचिव मियाँका अनुसार सो दिन पहिलो चरणमा दिउँसो १ बजे संस्थाको बार्षिक साधारणसभाको आयोजना हुने र संस्थालाई सहयोग गर्ने केही व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।


साधारणसभा सम्पन्नपछि तीज विविध कार्यक्रमका साथ मनाईने भएको मियाँले बताए । तीज विशेष कार्यक्रममा करिब २०० जना सहभागी हुने अनुमान गरिएको छ ।


सो कार्यक्रममा बागबजार महिला समूूह, स्थानीय क्लव, संघ, संस्थाहरुको सहभागिता हुने बताईएको छ ।


सामुदायिकले यस अघि पनि तीज कार्यक्रमहरुको आयोजना गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD