काठमाडौं । भदौ महिनाको लागि बाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन ।
१४ वटा बैंकले सार्वजनिक गरेको ब्याजदर मध्ये मध्ये ९ वाणिज्य बैंकले मुद्दती र साधारण दुवैको ब्याजदर बढाएका छन ।
कृषि विकास, ग्लोबल आइएमई, सिटिजन्स, एभरेष्ट, सानिमा, कुमारी , प्रभु, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले दुवै दर बढाएका हुन ।
यी बैंकहरुले भाद्रका लागि मुद्दतीमा ९.५१ देखि १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन ।
साउनमा साउनको लागि मुद्दतीमा ८.९९ प्रतिशतदेखि १०.१ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
त्यसैगरी, साधरण बचतमा न्यूनतम ४.९७ प्रतिशतदेखि ८ प्रतिशतसम्म नै तोकेका छन । साउनमा साधारण बचतमा ४.८५ प्रतिशतदेखि ८ प्रतिशत ब्याजदर तोकेका थिए ।
Categorized in बैंक