८ बैशाख २०८१, शनिबार
Header

भाडा बस्नेहरुको अभिलेख प्रहरीलाई दिन गृह मन्त्रालयको आग्रह


प्रकाशित: मंगलवार, १५ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । घरधनीले भाडा बस्नेहरुको नियमित अभिलेख राखी प्रहरीलाई जानकारी दिनुपर्ने भएको छ । 


गृह मन्त्रालयको मंगलवार बसेको बैठकले पछिल्लो सयम काठमाडौ उपात्यका लागायत देशभर अपराधिक गतिविधि बढेपछि सर्तकता अपनाएको छ ।  


मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृहले निष्कर्ष निकालेको छ । 


गृहमन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको छ । 


गृहमन्त्रालयले घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई आग्रह गरेको छ । 


केही दिन अघि मात्र उपत्यकाबाट प्रहरीले १२२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रण लिएपछि मन्त्रालयले सर्तकता अपनाउने किसिमको कदम अघि बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD