१२ बैशाख २०८१, बुधबार
Header

भाटभटेनी सहित ५ कम्पनीले कर छलेको सर्वोच्चको ठहर


प्रकाशित: सोमबार, २८ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । भाटभटेनी सुपर स्टोर्स सहित पाँच कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको सर्वोच्चले ठहर गरेको छ ।


सर्वोच्चले अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल,एआईटी प्रालि, महेश बानियाँले नक्कली भ्याट विल प्रयोग गरी कर छलीमा दोषी ठहर गरेको छ । 


सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यी पाँचै कम्पनीलेनक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणको फैसला सदर गरेको हो ।


यी कम्पनी तथा फर्महरुले नक्कली भ्याट बिलमार्फत मूल्य अभिवृद्धि कर र आयकर छलेको देखिएपछि कर प्रशासनले अनुसन्धान गरी कर निर्धारण गरेको थियो ।


त्यसविरुद्ध प्रशासनिक पुनरावलोकन र राजस्व न्यायाधीकरणबाट पनि विपक्षमा फैसला आएपछि व्यवसायीहरु सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले पनि राजस्व न्यायाधीकरणको फैसलालाई सदर गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD