२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भाटभटेनीले पत्रकार सुरेश रजक र सविनको परिवारलाई आर्थिक सहयोग दिने


प्रकाशित: बुधवार, २० चैत्र २०८१, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । तीनकुने आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवालाई लाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आर्थिक सहयोगको घोषणा गरेका छन ।


संचालक गुरूङले बुधबार एक कार्यक्रमबीच पत्रकार सुरेश रजक परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन ।


भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान रेको छ । 


उक्त दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex