८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भागेका कैदीबन्दीलाई असोज २० भित्र फर्किन विभागको आग्रह


प्रकाशित: शनिवार, ११ असोज २०८२, १६ः१५ बजे
- महानगरखबर

काठमाडौं । कारागार व्यवस्था विभागले हालै फरार भएका कैदीबन्दीलाई असोज २० गतेभित्र फर्किन आग्रह गरेको छ ।


विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा तोकिएको समयभित्र नफर्किने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।


भदौ २४ गते देशभरिका २८ वटा कारागार र ९ वटा बाल सुधारगृहबाट कैदीबन्दीहरू फरार भएका थिए । फरार भएकामध्ये आधाभन्दा बढी फर्किए पनि अझै हजारौँ कैदीबन्दी फरार रहेको विभागले जनाएको छ ।


आकडा अनुसार देशभर हाल ३० हजार ६४१ कैदीबन्दी रहेका छन ।  


तिनमध्ये १४ हजार ४५९ जना फरार भएका थिए । तीमध्ये ७ हजार ७३५ जना स्वेच्छाले फर्किसकेका छन भने ६ हजार ८१४ जना अझै फरार छन ।


फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन विभागले हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ । यस कार्यदलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनेछन । 


विभागले कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गर्दै नफर्किनेहरूलाई प्रहरीमार्फत पक्राउ गरी कारागार फिर्ता ल्याउने प्रक्रिया तीव्र रूपमा अगाडि बढाइने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex