१२ भाद्र २०८३, शुक्रबार
Header

भाईकाजी तिवारीलाई कार्वाहीको माग गर्दै सडक पीडित अख्तियारमा


प्रकाशित: विहिवार, १६ जेठ २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । उपत्यका विकास प्राधिकरणका अध्यक्ष भाईकाजी तिवारीलाई कार्वाहीको माग गर्दै सडक पीडित उपत्यकावासी अख्तियार पुगेका छन ।


स्थानीय सडक पीडित, सरोकारवाला, सम्पाद बचाउ अभियानकर्मी, सर्वसाधरण लगायतको एक टोलीले विहिवार विकास प्राधिकरणको खारेजीको मागसँगै प्राधिकरण अध्यक्ष तिवारीलाई कार्वाहीको माग राखेर अख्तियारमा ज्ञापन पत्र बुझाएको छ ।


सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले दिएको जानकारी अनुसार प्राधिकरणले गैरन्यायिक रुपमा गरेको सडक विस्तारले स्थानीयलाई पुगेको क्षतिपूर्ति दिनुपर्ने, विकासको नाम स्थानीयलाई सकुम्बासी बनाउने कार्य रोक्न लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।


त्यसैगरी उपत्यका विकास प्राधिकरण र सडक विभाग प्रमुखहरु विरुद्ध परेको मुद्धालाई अघि बढाई कार्वाही गर्न, भ्रष्टाचारीलाई कार्वाही गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकी पीडितहरु अख्तियार पुगेका थिए । 


यस अघि सर्वोच्चले विना मुआवज्जा सडक विस्तारको काम रोक्न सरकारलाई आदेश गरेपछि प्राधिकरणले उपत्यकामा सडक विस्तारको कार्य कठिन भएको बताएको थियो । 


सम्पादा अयिभन्ता श्रेष्ठले प्राधिकरणले अझै पनि उपत्यका विभिन्न स्थानमा गैरन्यायिक ढंगबाट सडक विस्तारको नाममा स्थानीयको घर भत्काउने काम जारी राखेको आरोप लगाएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex