७ बैशाख २०८१, शुक्रबार
Header

भर्चुलअल माध्यमबाट मिस नेपाल अर्थ शरिशाले दिईन प्रस्तुती


प्रकाशित: आईतवार, २० कातिक २०७९, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठले फिलिफिन्सको मनिलमा जारी मिस अर्थमा भर्चुअल माध्यमबाट प्रस्तुती भएको छ । 


मिस अर्थमा शनिबार बेलुका भएको नेसनल कस्ट्युम प्रतिस्पर्धा मिस अर्थ शरिसाले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।


श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्वत गर्ने पोशाक प्रस्तुत गरिन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतीको हरियो रङबाट उनको कस्ट्युम प्रभावित थियो ।


जोखिमको सूचीमा परेको चरा काँडे भ्याकुरलाई पनि पोशाकमा चित्रण गरिएको छ । काठमाडौंको सभ्यता सुरु भएको ठानिएको चोभार गल्छीमा खिचिएको आकर्षक भिडियो पनि सरिशाले मिस अर्थमा पेश गरिन ।


नोभेम्बर ११ मा सरिशा मनिलातर्फ प्रस्थान गर्ने कार्यक्रम छ भने मिस अर्थको फिनाली नोभेम्बर २९ मा हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD