८ बैशाख २०८१, शनिबार
Header

भरतपुर महानगरले तीन पाङग्रे सवारी साधनमा रोक लगायो


प्रकाशित: मंगलबार, ८ साउन २०७५, १८ः४५ बजे
- महानगरखबर

काठमाडौ । तीन पाङग्रे सवारीसाधानलाई मुख्य सडकमा रोक लगाउने भरतमहानगरपालिकाको नीति अनुसार मंगलबारदेखि लागु भएको छ ।

 
महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको हो ।

 
तीनपाङ्ग्रे सवारीसाधन ‘ई रिक्सा तथा अटो’ व्यवस्थापन गर्ने महानगरको योजनाविरुद्ध व्यवासायीले उच्च अदालत पाटन हेटौँडामा हालेको मुद्दामा इजलासले सोमबार बैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न आदेश दिएको छ ।

 
हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगरकी प्रमुख रेणु दाहालले बताएकी छिन् । उनले रिक्सा, अटो, टेम्पोलगायतका तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने योजना सुनाईन ।

 
महानगरले यस अघि साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD