काठमाडौ । भारतपुर महानगरपालिकाबाट प्रहरीले २ जनालाई लागुऔषधसहित पक्राउ गरेको सोमबार एक विज्ञप्ती गरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–२ बस्ने २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिनुकासाथै रु पाँच लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो ।
निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Categorized in समाज