२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भन्सार छली ल्याएको १२ लाख बराबरको अबैध कपडासहित पाँच पक्राउ


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले पश्चिम नवलपरासीबाट भारतबाट अबैध रुपमा ल्याएको १२ लाख ११ हजार ७ सय ८८ बराबरको मुल्य पर्ने भन्सार छली ल्याएको कपडासहित ५ जनालाई नियन्त्रणमा लिएको छ । 


प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङ र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका–३ कजरैयास्थित भित्री सडकखण्डमा भारतीय मोटरसाइकलबाट ओसारपसार गरिरहेको अवस्थामा सो कपडा बरामद गरेको हो । 


पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–१ रामपुरका ३५ वर्षीय मुवारक अन्सारी, सरावल गाउँपालिका–६ रामपुर खडौनाका १९ वर्षीय रञ्जित चौधरी, सोही ठाउँका १८ वर्षीय दुर्गेश हरिजन, पाल्हीनन्दन–१ का २५ वर्षीय विनोद यादव र सोही ठाउँ बस्ने ३० वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex