काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट भन्सार छलि ल्याएको क्यामेरा र मोवाईल सहित एक जनलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– २२ न्युरोडबाट काभ्रे चौंरीदेउराली गाउँपालिका–१ का ४० वर्षीय सुकदेव खरेललाई भन्सार छलि ल्याएका करीब ४ लाख ८३ हजार रूपैयाँ बराबरको क्यामेरा ३ थान र १२ थान मोबाइलसहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
Categorized in समाज