३० बैशाख २०८१, आइतबार
Header

भद्रकुमारी घले सदन नभत्काउन महानगरलाई अदालतको आदेश


प्रकाशित: बुधवार, ३ साउन २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देविनगरमा रहेको भद्रकुमारी घले सदन नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।


बुधवार महानगरले घले सेवा सदनका केही संरचनामा डोजर चलाएर भत्काएको छ । 


महानगरपालिकाको सो कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि कारवाही गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।


आदेशमा सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । 


यस महानगरले घले सदनले सार्वजनिक जग्गा कब्जा गरेको भन्दै सो संरचना खाली गर्न सुचना दिएको थियो । 


तर सदनले अटेर गरेपछि महानगरले डोजर चलाएको नगर प्रहरीले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD