२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भद्रकाली द्यःछेँ (देवता घर)को महानगर प्रमुख शाक्यबाट उद्घाटन


प्रकाशित: शनिवार, २८ फागुन २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठम्डौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले वटु टोलस्थित भद्रकाली द्यः छेँ (देवता घर)को उद्घाटन गरेका छन । 


काठमाडौं महानगरपालिका वडा –२२ मा शनिवार एक कार्यक्रमविच सो द्यःछेँको प्रमुख शाक्यले महानगर उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठ, संघीय संसद तथा पूर्वमन्त्री कृष्णगोपाल रुेष्ठ, बागमति प्रदेश सदस्य तथा पूर्वमन्त्री डा. अजयक्रान्ती शाक्यको उपस्थितीमा उद्घाटन गरेका हुन । 


सो अवसरमा प्रमुख शाक्य लगायत उपस्थित अतिथीहरुले संयुक्त रुपमा शिलापत्र र स्मारिका विमोचन समेत गरेको थियो । 

 


काठमाडौं महानगरपालिका आर्थिक सहयोगमा निर्माण सम्पन्न सो देवता घरको वटु भद्रकाली पुननिर्माण समितिको आयोजनामा उद्घाटन सम्पन्न भएको हो । 


कार्यक्रमलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले सम्बोधन गर्दै महानगर भित्रका सम्पदा पुननिर्माण, निर्माणमा धेरै काम गरेको र पुननिर्माण हुन बाँकी रहेको सम्पदा पनि छिटै सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । 

 

२०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ साउनमा शिलान्यास भएको थियो ।


‘संस्कृति र सम्पदा भनेको राष्ट्रको सम्पत्ति हो । यसलाई गुठीयारले धानेका थिए । समयसँगै बढेको मूल्य वृद्धिले अब गुठीयारले मात्र धान्न सक्ने अवस्था छैन ।’ प्रमुख शाक्यले भने, ‘संरचना बनाउने काम हामीले गरे पनि त्यसपछि त्यसको सञ्चालन र व्यवस्थापनका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ ।’


यो ठाउँ व्यस्त व्यापारिक क्षेत्र भएकाले सम्पदाको सौन्दर्य देखाउन कठिन भइरहेको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए । यसबाहेक वडामा आफैँले पनि वडाको समृद्धिका लागि पहिचान गरेका आवश्यकतालाई पूरा गराउने प्रयासमा रहेको वडा अध्यक्ष महर्जनले सुनाए । 


मन्दिर करिब १ करोड ६० लाख रुपैयाँमा पुननिर्माण भएको हो । यसमध्ये महानगरले करिब १ करोड रुपैयाँ उपलब्ध गराएको थियो भने जनसहभागिताबाट ६६ लाख रुपैयाँ संकलन भएको थियो । 


पुननिर्माणका बारेमा जानकारी दिँदै पुननिर्माण समितिका सचिव दिपक महर्जनले श्री वटु लँुमधि अजिमा घोडे जात्रासँग सम्बन्धित मन्दिर भएको जानकारी दिए । 


सचिव महर्जनका अनुसार  घोडेजात्राका अवसरमा संकटाको भद्रकाली (पहेँलो टोपी) र ओटुको भद्रकाली (नीलो) को खटसँग कंकेश्वरी (रातो टोपी) को खट जुधाउने चलन छ । पहिले संकटा भद्रकाली र ओटु भद्रकाली एउर्टै भएको र पछि छुट्टिएको हो ।

 
यो मन्दिर मल्लकालीन हो । पुननिर्माणका क्रममा प्रतापकालीन शिलालेख पाइएको उनले बताए । भद्रकाली अजिमालाई सबैले मान्छन । यसको व्यवस्थापन महर्जनहरुले गर्ने गरेका छ ।


कार्यक्रममा महानगर प्रवक्ता तथा १५वडा अध्यक्ष ईश्वरमान डंगोल द्यःछेँका प्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex