२७ बैशाख २०८१, बिहिबार
Header

भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि कार्वाही


प्रकाशित: सोमवार, २६ चैत्र २०८०, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । शनिवार काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि प्रहरीबाट भएको दुर्व्यवहारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ । 


उक्त दिन बहुल राष्ट्रिय राज्य पक्षधर अभियानका कार्यकर्ता र प्रहरी विच भएको झडपको क्रममा हिडिरिहका एक भिक्षुमाथि पनि प्रहरीले लाठी र  लात्तीले आक्रमण गरेको थियो ।


अहिले सो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको बताएका छन । 


लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


जारी सुचनमा लेखिएको छ,‘साथै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं ।’


भिडिओ बारे यतिखेर सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD