१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

भदौ महिनाको लागि आठ बैंकले घटाए ब्याजदर 


प्रकाशित: आइतवार, १ भाद्र २०८२, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन ।

 
नेपालका २० वाणिज्य बैंकमध्ये आठ वटाले निक्षेपको ब्याजदर घटाएका छन भने एउटा बैंकले बढाएको छ। बाँकी बैंकहरूको ब्याजदर स्थिर रहेको छ ।


साउन महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम औसत ५.६९ प्रतिशत ब्याजदर दिएका बैंकहरूले भदौमा भने औसतमा ५।५८ प्रतिशत मात्र दिने भएका छन । 


सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकले ६।२५ प्रतिशत कायम राखेको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत दिने भएको छ ।


बैंकहरूको कर्जामा अझै सुधार नदेखिए पनि तरलता प्रशस्त भएकाले निक्षेप ब्याजदर घटाइएको बैंकर्सहरूले बताएका छन । 


हाल बैंकहरूसँग करिब १० खर्ब बराबर कर्जा लगानी योग्य पुँजी रहेको छ ।


नेपालमा हाल करिब ७२ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५५ खर्ब ८० अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ।


बैंकहरूको भदौ महिनाको अधिकतम ब्याजदर


एनआईसी एशिया बैंक : ६.२५५


माछापुच्छ्रे, ग्लोबल आईएमई, प्राइम कमर्सियल, हिमालयन, एनएमबीः ६५


एभरेस्ट, सानिमाः ५.७५५


लक्ष्मी सनराइजः ५५ (सबैभन्दा कम)


औसत ब्याजदरः भदौ ५.५८५, साउन ५.६९५


हेरौं भाद्र महिनाको लागि ब्याजदर 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex