२ भाद्र २०८३, मंगलबार
Header

भदौमा बैंकको व्याजदर यस्तो छ 


प्रकाशित: आइतवार, ३१ साउन २०८३, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार बैंकहरूको ब्याजदरमा पुनः सामान्य गिरावट आएको छ । 


बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत साउनको तुलनामा भदौमा घटेको हो । 


२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर साउनमा औसत ४.१६७५ प्रतिशत रहेकोमा भदौमा घटेर ४.१३६० प्रतिशतमा कायम भएको छ । 


यसअनुसार औसत ब्याजदर ०.०३१५ प्रतिशत बिन्दुले घटेको हो । 


बैंकहरूले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर (प्रतिशत)

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex