४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

भगिनी सम्वन्ध स्थापना गर्न नगरहरुको प्रस्ताव


प्रकाशित: विहिवार, १८ मंसिर २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकासँग भागिनी सम्बन्ध स्थापनाको लागि धमाधम प्रस्तावहरु आउन थालेको छ । 


जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जम्ुलाका नगरपालिका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । 


छलफलमा दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने विषयमा काठमाडौं महानगर प्रमुख शाक्यले जोड दिएका थिए । 


शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने समेत बताए । 


काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथान बिच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक रहेको शाक्यले बताए । 


छलफलमा शाक्यले भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने भनाई राखे । 


चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।


त्यसैगरी, धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँगको छलफलमा राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि काठमाडौ प्रमुख शाक्यसँग प्रस्ताव राखे । 


शाक्यले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्वन्ध स्थापना गरेको स्मरण गराएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika