४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुर र म्याग्दीमा आगलागी


प्रकाशित: शनिबार, ७ पुस गत,२०७५ ,०२ः०५ बजे
- महानगरखबर

 काठमाडौं ।भक्तपुर र म्याग्दीमा भएका छुट्टाछुट्टै आगलागीबाट करीब १५ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

 भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने ४५ वर्षीय श्याम सुन्दर श्रेष्ठको ३ तले पक्की घरको भान्छा कोठामा ग्याँस लिक भई शुक्रबार बिहान आगलागी हुँदा लत्ताकपडा, फर्निचर लगायतका सरसामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

  म्याग्दी बेनी नगरपालिका-८ बस्ने बिक्रम बि.क.को ४ तले पक्की घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा सुनचाँदीका गरगहना, लत्ताकपडा, भाडाबर्तन लगायतका सरसामानहरु जलेर करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex