१३ बैशाख २०८१, बिहिबार
Header

भक्तपुर प्रवेश गर्नेहरुको ज्वरो मापन गरिदै


प्रकाशित: विहिवार, १८ बैशख २०७७, ११ः४० बजे
- महानगरखबर

भक्तपुर । भक्तपुर आउने हरेक व्यक्तिको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरु भएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारका अनुसार काभ्रे हुँदै भक्तपुर नाका भएर आउनेहरुको ज्वरो मापन सुरु गरिएको हो । 


भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु गरिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले वताए । 


जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम सुरु भएको हो ।


पछिल्लो समय लकडाउन उल्लघंन गर्दै विभिन्न जिल्लाका मानिसहरु उपत्यका आउने र उपत्यकावाट पनि वाहिर जिल्ला जाने भएपछि सर्तकता अपनाउन थालिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD