८ बैशाख २०८१, शनिबार
Header

भक्तपुर नगर प्रमुख प्रजापतिले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्गसु लाई गरे स्वागत 


प्रकाशित: बुधवार, २९ भाद्र २०७९, २०ः०० बजे 
- महानगरखबर

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चाङ्गसुले भक्तपुर भ्रमण गरेका छन ।


बुधबार विहान भक्तपुर भ्रमण गएका लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरेका थिए । 


चाङ्गसु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार अवलोकन गरेका थिए ।


त्यसैगरी टोलीले वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गरे  

 
प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।


अध्यक्ष चाङ्गसुले भक्तपुरको सम्पदाहरु अवलोकनबाट आफू प्रभावित भएको बताउनुहुँदै भक्तपुरमा स्वागत गर्नुभएकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिए । 


नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आएका हुन । 


सो अवसरमा अध्यक्ष चाङ्गसुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले भक्तपुरमा स्वागत गरेका थिए । 


तस्वीरः भक्तपुर नगरपालिका 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD