२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई ५ लाख ऋण दिने


प्रकाशित: शनिवार, ५ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिकाले नगरका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि ५ लाखसम्म शैक्षिक कजा दिने भएको छ । 


भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गरेपछि नगरका गरिब तथा जेहेन्दार विद्यार्थीको लागि अध्ययनमा सहज हुने नगर प्रमुख सुनिल प्रजातिपले विश्वास व्यक्त गरे । 


शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो । 


निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी समेत दिए । 


 निर्देशिका पारित गर्नुअघि नगरसभा सभासद् जीतेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पुर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौँदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेलगायतका सुझाव दिएका थिए । 


त्यसैगरी भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex