काठमाडौं । आफ्नै स्कुल बसको ठक्करबाट मृत्यु भएकी भक्तपुर चाँगुनारायण – ८ सुडालका ७ बर्षिया कक्षा एकमा अध्यनरत प्रतिष्ठा खत्रीको शव तीनसम्म पनि उनको परिवारले बुझेका छैनन ।
शुक्रबार स्कूलको बा१क ७२८५ नं बसले ठक्कर दिएपछि विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजु फरार रहेको र यसमा स्कुलकै लापरवाहीले सो घट्ना भएको भन्दै मृतक बालिकाको अभिभावकले शव उठाउन नचाहेको प्रहरीको भनाई छ ।
अभिभावकहरुले आईतबार पनि महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए ।
मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन ।
यसअघि बसमा सहचालक राख्न, बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीलाई बाटो कटाउन सहयोग गर्न सो स्कूलका अभिभावकले प्रिसिन्पलसँग माग गरेका थिए ।
शुक्रबार बसबाट झरेपछि सडक पार गर्ने क्रममा खत्रीको ज्यान गएको थियो । प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने उनको परिवारले जनाएको छ ।
बालिकाको शव भक्तपुर अस्पतालमा राखिएको छ । प्रहरीले बस चालक भक्तपुर नगरपालिका–८ लिवालीका ३७ वर्षीय दिपक लाखेमरुलाई पक्राऊ गरेको छ ।
Categorized in समाज