काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारेमा गएराती भएको स्कुटर दुर्घटना स्कुटीमा सवार बाबु छोरी मध्ये बाबुको मृत्यु भएको छ भने छोरी घाईते भएकी छिन ।
प्रहरीका अनुसार बा. ९३ प. ५८८१ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वषीर्य कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।
उनको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।
दुर्घट्नामा घाईते भएकी कृष्णकुमारकी छोरी १९ वषीर्या अनिता त्वाटी सामान्य उपचारपछि गएराति नै घर फर्किसकेकी छन । उनी स्कुटरको पछाडि बसेकी थिईन ।
Categorized in समाज