३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भक्तपुरमा सडक दुर्घटना, ३ प्रहरी घाईते


प्रकाशित: मंगलवार, २ बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा मंगलवार विहान सडक दुर्घटना हुँदा ३ जना प्रहरी घाईते भएका छन । 


विहान करिब साढे छ बजेको समयमा काठमाडौंबाट आइरहेको एक ८ चक्के लरी अनियन्त्रित भइ तीनकुनेस्थित सोलार पोलमा ठक्कर दिएको थियो । 


ठककर दिए लगत्तै पछाडिबाट आइरहेको ना ३ च ६२२४ नम्बरको कुखुरा बोकेको जीपले पोल लतारेपछि लत्रेको इन्टरनेटको तारले सडकमा रहेका प्रहरीलाई समेत लतारेपछि उनीहरु घाइते भएका हुन ।


स्थानीयले घाइते प्रहरीहरुलाई उद्धार गरी इवामुरा अस्पताल पुर्याएका थिए । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex