१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भक्तपुरमा विहानै बस पल्टिदा चार जना घाइते


प्रकाशित: विहिवार, २८ चैत्र २०८१, ११ः४९ बजे
- महानगरखवर

काठमाडौं ।  विहानै भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बस पल्टिँदा चार जना घाइते भएका छन । 


भक्तपुर प्रहरीका अनुसार विहिवार बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो । 


च्यामासिंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा पर्दा काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन ।

 
उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ ।


प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex